शनिबार, असार ७, २०८२

ट्रकको ठक्करबाट राजु मगरको मृत्यु एक घाइते

दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

चरिकोट- दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको भीमेश्वर नगरपालिका-६ चोथाङमा शनिवार बिहान ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा काभ्रेपलान्चोक महाभारत गाउँपालिका-८ घर भई भीमेश्वर नगरपालिका-६ बस्ने अन्दाजी २० वर्षीय राजु मगर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मगरको उपचारका क्रममा मृत्यु भएको हो।

काठमाडौंतर्फ गइरहेको बा४ख ९७५ नम्बरको ट्रकले विपरीत दिशा तर्फबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार धनुषाका अभिषेक शाह सख्त घाइते भएको प्रहरीले जनाएको छ। उनको च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 01, 2023| 13:00 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्