शनिबार, असार ७, २०८२

घट्टको कुलोमा डुबेर अछाममा एक बालकको मृत्यु

अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

अछाम- अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-१२ खप्तडका धिर बहादुर रावलका ५ वर्षीय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा डुबेर मृत्यु भएको हो।

घट्टको कुलोमा खेल्ने क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 01, 2023| 12:11 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्