शनिबार, असार ७, २०८२

धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना

बैतडीबाट धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना भएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

धनगढी- बैतडीबाट धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना भएको छ। सु प प्र ०१–००१ च ३१२५ नम्बर बोलेरो जीप ब्रेक फेल भएर पाटन नगरपालिका ४ तोली भन्ने स्थानमा दुर्घटना भएको हो।

जीपको ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा जीप सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जीपमा १० जना सवार रहेकोमा उनीहरूको अवस्था सकुशल रहेका प्रहरीको भनाइ छ।
 

प्रकाशित: Apr 01, 2023| 12:05 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्