शनिबार, असार ७, २०८२

सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुका कारण आज सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

धनगढी- पश्चिमी वायुका कारण आज सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावको कारण सुदूरपश्चिमसहित देशभर सामान्यदेखि पूर्ण बदली रहेको हो।

यस्तै लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

प्रकाशित: Apr 01, 2023| 11:35 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्