सोमबार, वैशाख २२, २०८२

काठमाडौंबाट लागूऔषध सेवन गरी सवारी हाक्ने चार चालक पक्राउ

काठमाडौंको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- काठमाडौंको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई शुक्रबार राति नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

बा५ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिकाऔ३ का २४ वर्षीय कुमार कार्की, बा४ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ का ३३ वर्षीय विजय तामाङ, बा१ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका-६ का २३ वर्षीय ईन्द्र बहादुर बस्नेत र बागमति प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका-४ का २६ वर्षीय अर्जुन लामालाई  लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्‍वरको संयुक्त टोलिले गएराति १० बजेदेखि १२ बजेसम्म २१ ओटा सवारी साधन चेकजाँच गर्दा लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेका चार जना चालकहरू फेला पारेको थियो। 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागूऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

Metro Mart
worldlink

मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले यो अभियानलाई तिव्रता दिइएको उनले बताए।

प्रकाशित: Apr 01, 2023| 11:14 शनिबार, चैत १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्