शनिबार, असार ७, २०८२

वार्ताका लागि बालुवाटार पुगे मिटरब्याज पीडित

तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन्। 
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन्। 

शनिबार बिहानै उनीहरू आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार पुगेका हुन्। मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा जारी रहेको छ। 
उनीहरूले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजे पनि पाएका थिएनन्। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भने पनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन।

यसअघि पनि मिटरब्याज पीडितले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन्। तर, सहमति भएको छैन।

प्रकाशित: Apr 01, 2023| 09:51 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्