सोमबार, वैशाख २२, २०८२

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।

क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा १७ लाख एक हजार सहयोग जुटाइएको हो।

आफ्नो गाउँ–ठाउँको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका समाजसेवी राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आलेमगरको नेतृत्वमा ‘क्यान्सरपीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो।

राईको जीवन बचाउन देश तथा विदेशका एक सय ५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिएका छन्।

राईको उपचारमा हालसम्म १८ लाख खर्च भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ। उपचारमा संलग्न डाक्टरको परामर्शअनुसार औषधि सेवन गरिरहेका राईको औषधि सेवनमा मात्र मासिक दुई लाखभन्दा बढी खर्च भइरहेको छ। संकलन भएको रकमको चेक सांसद रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेका छन्।

Metro Mart
worldlink

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुख्य अभियान्ता मगर, समाजसेवी ध्यानकुमार राई, क्याप्टेन विष्णुभक्त राईलगायतको उपस्थिति रहेको थियो। क्यान्सर पीडित राईको उपचारका लागि सहयोग संकलन अभियानमा सांसद राई, निवर्तमान सांसद विशाल भट्टराईदेखि प्रकाश बञ्जरा, पुकल श्रेष्ठ, हरि श्रेष्ठ, देवुपासालगायतले सहयोग गरेका छन्। - रासस

प्रकाशित: Apr 01, 2023| 08:35 शनिबार, चैत १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्