सिरहा- सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ। सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।