सोमबार, वैशाख २२, २०८२

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

चितवन- रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ।  

निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए। बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन्। निर्वाचनमा कुल १२० मत खसेको थियो।

अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले ११९ मत प्राप्त गर्दा नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाएनन्। एक मत बदर भयो। सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी ११९ मत,कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल ११५ मतका साथ निर्वाचित भए।

त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय ११८ मत, सनराइज तामाङ ११९ मत, सागर ढकाल १२० मत, पूर्णिमा तामाङ ११७ मत र ऋषिकेश यादव ११९ मतका साथ विजयी भए। निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएन। यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो।

प्रकाशित: Apr 01, 2023| 07:35 शनिबार, चैत १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्