शनिबार, असार ७, २०८२

सप्तरीमा कार दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन्।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

सप्तरी- सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन्।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो। दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 01, 2023| 06:39 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्