शनिबार, असार ७, २०८२

माइक्रोबसको ठक्करबाट पोखरामा एक युवकको मृत्यु

माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

पोखरा- माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ। पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो।

पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो। 

घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन्। 

प्रकाशित: Mar 31, 2023| 19:45 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्