मंगलबार, वैशाख १६, २०८२

१४२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणको फैलावट बढिरहेकाले स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार १ हजार ७९ को नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण देखिएको हो।

आरटी पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन्। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले बताएको छ। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको फैलावट बढिरहेकाले स्वास्थ्य सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित: Mar 31, 2023| 17:10 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्