बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र सुधार्न नीतिगत कदम चाल्दै छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अर्थतन्त्र सुधार्न नीतिगत कदम चाल्दै छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य हुने मन्त्री श्रेष्ठको धारणा।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्र सुधार्न सरकारले नीतिगत कदम चाल्न लागेको बताएका छन्। 

शुक्रबार भौतिक पूर्वाधारबाट सरुवा भई गृह मन्त्रालयको जिम्मा लिन पुगेका मन्त्री श्रेष्ठले २४औं पुष्प प्रदर्शनी अवसरमा मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन्। 

अर्थतन्त्रमा हस्तक्षेप गरी सुधार ल्याएर विकास निमार्णलाई गुणात्मक बनाउन थप मिहिनेत आवश्यक रहेको उनको भनाइ छ। मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्ने विषयमा सहमत रहेको मन्त्री श्रेष्ठले औंल्याए। 

मन्त्रिपरिषद्लाई पूर्णता दिइएपछि अर्थतन्त्रको विषयमा सरकार गम्भीर हुने दाबी उनले गरे। सरकारले प्राथमिकताको आधारमा नीति र योजना बनाउन थालेको बताउँदै अर्थतन्त्र तत्काल निराश हुनुपर्ने स्थितिमा नभएको उनको जिकिर छ।

मन्त्री श्रेष्ठले भने, ‘अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्न आवश्यक छ। अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा अडिग छौं। सरकारले यो विषयमा गृहकार्य थालेको छ।’ 

Metro Mart
worldlink

उनले सरकारको प्राथमिकतामा भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन, विकास र समृद्धिका लागि पहिलो सर्त भएको बताए। सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नुपर्ने र व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने आवश्यकता उनले औंल्याए।

प्रकाशित: Mar 31, 2023| 16:15 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्