सोमबार, वैशाख २२, २०८२

उपनिर्वाचन लड्न बारा, तनहुँ र चितवनमा दर्ता भए २६ दल

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आयोगको निर्देशन।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि तनहुँ १ र बारा २ मा २६ दल दर्ता भएको विवरण सार्वजनिक गरेको छ।

शुक्रबार आयोगले उपनिर्वाचनका लागि तनहुँ १ र बारा २ मा २६  राजनीतिक दल दर्ता भएको बताएको हो। यसअघि आयोगले चितवन २ मा  उपचुनावका लागि दर्ता हुने दलको संख्या २६ रहेको विवरण सार्वजनिक भइसकेको छ।

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

‘निर्णयबमोजिम चितवन जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २, तनहुँ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ तथा बारा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिन सक्ने र यसरी निवेदन प्राप्त भए सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइनेछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Mar 31, 2023| 14:56 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्