बुधबार, वैशाख १७, २०८२

आन्दोलन गरेर बैंकको ब्याजदर घटबढ हुँदैन : बैंकर्स संघ

बाहिर चर्चा गरिएजस्तो बैंकको ब्याजदर महँगो नभएको संघ अध्यक्ष केसीको तर्क।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरका कारण उद्योग व्यवसाय धराशयी हुन थालेको गुनासो गर्दै उद्योगी, व्यवसायीले विरोध गरिरहेका बेला नेपाल बैंकर्स संघले अहिलेको ब्याजदर महँगो नभएको दाबी गरेको छ। संघले बिहीबार पत्रकार सम्मेलन गरी बाहिर चर्चा भएजस्तो बैंकको ब्याजदर महँगो नभएको बताएको हो।

हाल वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १३.३ प्रतिशत रहेको छ। ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन। अहिलेको ब्याजदर लकडाउन हुनुअघिको अवस्थामा पुगेको मात्रै हो। यद्यपि यो ब्याजदर पनि घटाउन प्रयत्नरत छौं,’ संघ अध्यक्ष सुनील केसीले भने।

उनले आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने उनको चेतावनी छ। ‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ’, केसीले भने ।

बैंकिङ क्षेत्रमाथि चारैतिरबाट आक्रमण भइरहेको उनले आरोप लगाए। ब्याजदरका नाममा चार करोड खातावाल र समग्र औद्योगिक क्षेत्रमाथि हमला भएको उनको भनाइ छ।

‘आक्रमण बैंकिङ क्षेत्रमाथि भएजस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमाथि भएको हो। देशमाथि आक्रमण भएको हो, साढे चार करोड खातावालमाथि आक्रमण भएको हो,’ अध्यक्ष केसीले भने।

Metro Mart
worldlink

बैंक, वित्तीय संस्थाविरोधी क्रियाकलापको असर दीर्घकालसम्म रहने र सिंगोे राष्ट्रले नै मूल्य चुकाउनुपर्ने उनको भनाइ छ। ‘यस्ता गतिविधिले वैदेशिक लगानीमा गम्भीर असर पार्छ, जसको असर अर्थतन्त्रले भोग्नुपर्छ,’ अध्यक्ष केसीले भने, ‘बैंकहरूले विदेशबाट पैसा ल्याउन सुरु भएका बेला यस्तो हुनु गलत छ।’

केसीका अनुसार पछिल्लो समय बैंकहरूले विद्युतीय सवारीसाधनमा लगानी बढाएका छन्। उत्पादनमूलक क्षेत्रमा पनि बैंकहरूको लगानी बढिरहेको उनले दाबी गरे। केसीले घरजग्गाको कारोबार कम हुँदा खराब कर्जा बढेको बताए।

प्रकाशित: Mar 31, 2023| 12:34 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्