शनिबार, असार ७, २०८२

मोटरसाइकल दुर्घटनामा परि सर्लाहीमा दुई जनाको ज्यान गयो

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

सर्लाही- सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको घटनास्थलै मृत्यु भएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 30, 2023| 19:03 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्