शनिबार, असार ७, २०८२

लागूऔषध कोकिनसहित दुई भारतीय महिला पक्राउ

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजन लागेको कोकिनसहित २ भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो।​

एकजनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्कीलाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए। उनका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

 

 

प्रकाशित: Mar 30, 2023| 18:44 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्