आइतबार, असार ८, २०८२

घुस रकमसहित पक्राउ परे शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृत 

अख्तियारले सेवाग्रहीबाट नदीजन्य वस्तु उत्खननका लागि घुस मागेको उजुरीका आधारमा तीनै जनालाई रकमसहित नियन्त्रणमा लिएको हो।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ। 

बिहीबार गाउँपालिका कार्यालयको चमेनागृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, पालिकाको ७ नम्बर वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको आयोग प्रवक्ता रामकृष्ण अधिकारीले बताए। 

पक्राउ गरिएका तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले बताएको छ।सेवाग्रहीबाट नदीजन्य वस्तु उत्खननका लागि घुस मागेको उजुरीको आधारमा उनीहरूलाई रकमसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रकाशित: Mar 30, 2023| 14:12 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्