सोमबार, वैशाख २२, २०८२

मनहरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर दुर्घटना भएको छ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

Metro Mart
worldlink

धनगढी- धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर दुर्घटना भएको छ। कैलालीको धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर गोदावरी नगरपालिका–१ मनहरा सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति से.५ प ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर ५ का ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको पदमा अस्पताल अत्तरियामा उपचार सम्भब नभएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Mar 30, 2023| 13:54 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्