काठमाडौं- कर्णाली प्रदेश सरकारले राम नवमी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा बिदा दिएको जनाएको हो।
कर्णाली प्रदेश सरकारको २९ चैत २०७८ को निर्णयअनुसार आज बिदा दिएको सूचनामा उल्लेख छ।