मंगलबार, वैशाख २३, २०८२

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

आजदेखी नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

वुटवल- आजदेखी नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ।

यसैगरी, महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो।

महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबारदेखी लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछ। सो सम्मेलनमा सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहनेछ भने  सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन्। 

चैत १६ गते महासंघले स्थापना दिवसको अवसमार पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित: Mar 30, 2023| 07:59 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्