मंगलबार, वैशाख २३, २०८२

आज देशका यी स्थानमा छ मौसम बदलीको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

Metro Mart
worldlink

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित  बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। विभागले देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Mar 30, 2023| 07:31 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्