बुधबार, वैशाख २४, २०८२

बालुवाटार बैठकको खाजाले बाल्यकाल सम्झायो बाबुरामलाई

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- सरकार विस्तारमा प्रयासरत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनदिनैजसो सत्ता साझेदार दलहरुसँग छलफल गरिरहेका छन्। कहिलेकाहीँ त दिनमै दुई-तीनपल्ट पनि बैठक बस्छ। आजमात्रै बिहान र साँझ गरी दुईपल्ट गठबन्धनको बैठक बस्यो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा।  

पार्टीको बैठक प्रमको सरकारी निवासमा सरकारी खर्चमा हुने गरेको भन्दै आलोचना पनि हुने गरेको छ। यस्ता बैठकमा  हुने खर्च विवरण सार्वजनिक पनि हुने गरेको छैन। 

बालुवाटारमा बस्ने बैठकमा खाजा के हुन्छ होला भन्ने जिज्ञासा धेरैको हुन सक्छ। सरकारी खर्चमा विभिन्न क्याफे र क्याटरिङबाट खाजा र खाना खुवाउने चलन पहिलेबाटै हो। यसैले पनि सरकारी कार्यालयमा पार्टीको बैठक राख्नुहुन्न भनेर विरोध हुँदै आएको छ।

आज भने बालुवाटारमा फरक दृष्य देखियो। सत्ता गठबन्धनको बैठकमा रेष्टुरेन्टबाट मगाइएको फास्टफुड देखिएन। बरु भुटेको मकै र मही टक्रयाइयो। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बालुवाटारको खाजा सार्वजनिक गरेका छन्।

उनले आफ्नो फेसबुकमार्फत भुटेको मकै र मोही खाइरहेको फोटोहरु सार्वजनिक गरेका हुन्। मकै र मोही खाँदा गाउॅको बाल्यकालको याद आएको बाबुरामले उल्लेख गरेका छन्।

Metro Mart
worldlink

प्रकाशित: Mar 29, 2023| 18:41 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्