रौतहट- रौतहटको ईशनाथ नगरपालिका-६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ। मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो।
ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ।