आइतबार, असार ८, २०८२

कर्णालीमा भोलि सार्वजनिक बिदा

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

कर्णाली- कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघ संस्थामा बिदा दिइएको बताए।

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ।

प्रकाशित: Mar 29, 2023| 19:15 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्