बुधबार, वैशाख १७, २०८२

बस सेवाले ल्यायो सुनको हार उपहार योजना

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ। 

चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ। साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानी बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ।  

२० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नेछन् भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। 

बस सेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशन तथा अन्य  सेवा प्रदायकका मोबाइल एप्लीकेशनबाट टिकट काट्न सक्नेछन्।

अनलाइनबाट टिकट काट्न बससेवाको मोबाइल एप्लीकेशन बाट टिकट काट्न सकिनेछ। बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो। बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्। जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ। 
 

Metro Mart
worldlink

प्रकाशित: Mar 29, 2023| 18:40 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्