काठमाडौं- स्किल सेवा प्रा. लि ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ। चैत १८ गते शनिबार दिउँसो १२ बजे स्किल सेवा प्रा. लिको प्रधान कार्यालय बबरमहल काठमाडौंमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो।
घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ। पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिना बताए। जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन। यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिइने भएको हो।
घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन्। घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन। यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ।
जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा दिनु अति आवश्यक हुने गर्दछ। यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौ भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ। प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौ साथसाथै प्रक्रियागत त्रुटि रहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ। यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ।