काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले ०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रमम नेपालको कला, संस्कृति, भाषा वेशभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले प्रकाशन गरेको क्यालेन्डर सार्वजनिक गरिएको हो।
‘नेपालका राष्ट्रिय विभूतिहरू’ भन्ने नारासहितको ०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरेको जनाइएको छ।
क्यालेन्डर सार्वजनिक गर्दै पर्यटन सचिव अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाति, भूगोल तथा पर्यटन प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका थिए। त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले नेपाली कला–संस्कृति, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभूतिहरूलाई सम्मान गर्न यो विषयवस्तुलाई चित्रण गरेको बताए।
पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकले देशभरमा एक सय २४ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६० एटिएम तथा ३२ राजस्व संकलन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ।