आइतबार, जेठ १२, २०८२

अनलाइन ठगीमा संलग्न १९ पक्राउ

प्रहरीले अनलाइन ठगीमा संलग्न ९ चिनियाँसहित १० नेपालीलाई  पक्राउ गरेको हो।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– नेपाल प्रहरीले अनलाइन ठगीमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनीहरुले राजधानीमा अवैध रुपमा कार्यालय सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेसन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली छन्। प्रहरीले उनीहरुलाई बूढानीलकण्ठ र चण्डोल क्षेत्रबाट पक्राउ गरेको हो।

प्रकाशित: Mar 29, 2023| 15:42 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्