बुधबार, वैशाख २४, २०८२

बुटवलमा ओलीले भने- युट्युब र टिकटकसँग टिभीले डराउनु पर्दैन

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब, टिकटकलगायत सामाजिक सञ्जालसँग टेलिभिजन डराउन नपर्ने बताएका छन्।

बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए।

उनले भने, 'टेलिभिजनहरु युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु। उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्। सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन पर्दैन।’

उनले टेलिभिजनको संक्षिप्त इतिहास पनि सुनाए। 'विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो छैन, १०२ वर्षको मात्रै छ। नेपालमा सन् १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रसारण सुरु भएको हो। बदलिँदो समयअनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चारमाध्यमको प्रभावकारिता बढ्छ,' ओलीले भने।

२०४६ सालको परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आइनसकेको बताए।

Metro Mart
worldlink

प्रकाशित: Mar 29, 2023| 15:27 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्