बुधबार, वैशाख १७, २०८२

आधा सकियो मेलम्ची पानी वितरण हुने पाइपको परीक्षण

कुल १ हजार १० किमि पाइपमध्ये हालसम्म ५७६ किमिमा परीक्षण सकिएको हो।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– मेलम्ची खानेपानी वितरणका लागि बिच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। कुल १ हजार १० किमि पाइपमध्ये हालसम्म ५७६ किमिमा परीक्षण सकिएको हो।

आगामी असार मसान्तसम्म सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताए। ‘काठमाडौंको भित्री भागमा अहिले परीक्षण भइरहेको छ’, उनले भने, ‘विष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ।’ 

उनका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलंकी–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको हो। स्वयम्भू, बालुवाटारलगायत कतिपय स्थानमा पाइप बिच्छ्याउनै बाँकी छ।

गत महिनामा काठमाडौं उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ। 

परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौं उपत्यका खानेपानीले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उनले बताए। चक्रपथभित्र एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप बिच्छ्याउन सुरु गरिएको थियो। 

Metro Mart
worldlink

हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्यांकी सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ। यीमध्ये केही ट्यांकी सञ्चालनमा आइसकेका छन्। नयाँ पाइप प्रयोग भएपछि सबै ट्यांकी सञ्चालनमा आउने उनको भनाइ छ। 

हाल कार्यालयले घर–घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ। १ हजार ५०० देखि १ हजार ६०० घरलाई एउटा क्षेत्र बनाइएको छ।

प्रकाशित: Mar 29, 2023| 14:06 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्