बुधबार, वैशाख १७, २०८२

एमजी जेडएस इभीको लागि बुकिङ खुल्ला

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँ इलेक्ट्रिक भेरियन्टको एसयुभि एमजी जेड एसयुभिको लागि प्रि–बुकिङ खुला गरेको छ।

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घण्टामै ८०% चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । यस एसयुभिको ब्याट्री लाइफ भने ८ वर्षको रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ,  डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

दुई वटा भेरियन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मुल्य रु.४८,४९,००० राखिएको छ भने डिलक्स भेरियन्ट्को मूल्य रु.५२,४९,००० राखिएको छ। वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ।
 

प्रकाशित: Mar 29, 2023| 13:31 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्