बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ५ सय, तेजावी सुन एक लाख ८ हजार र चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ थियो।