आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

Metro Mart
worldlink

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका छन्। बालुवाटारमा आज बिहानैदेखि मिटरब्याज पीडित धर्नामा बसेका बेला पुगेका लामिछानेले समस्या समाधानको पहल गर्ने बताएका हुन्। 

'म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ,' लामिछानेले भने 'आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ। त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु।' 

लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए। साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो। 

प्रकाशित: Mar 28, 2023| 09:03 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्