आइतबार, वैशाख २८, २०८२

मौसम अपडेट: कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- मंगलबार देशका तीन वटा प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली, देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ।

मंगलबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित: Mar 27, 2023| 21:32 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्