आइतबार, वैशाख २८, २०८२

मिटरब्याज पीडितको आन्दोलनमा मेयर बालेनको ऐक्यबद्धता

उनले सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै पीडितको मागप्रति ऐक्यबद्धता रहेको बताएका छन्।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले रत्नपार्कको शान्ति बाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका छन्। 

उनले सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै पीडितको मागप्रति ऐक्यबद्धता रहेको बताएका छन्। 'नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौं। हामी चाहन्छौं यस्तो अवस्थामा काठमाडौं कोही आउन नपरोस्, गाउँ-गाउँमा सरकार पुगोस्,' उनले भनेका छन्।

मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारको आश्वासनमै सीमित रहेको टिप्पणी उनले गरेका छन्। 'काठमाडौँ आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ,' उनले अगाडि भनेका छन्।

११ दिन हिँडेर काठमाडौं आउने समाचार थाहा पाएपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्था गरेको जानकारी उनले दिएका छन्। 'खाना र बासको व्यवस्था गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्यौं तर उहाँहरू खुल्लामञ्चमा बस्न खोज्नुभयो,' उनले भनेका छन्। 

आजमात्रै जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याज पीडितलाई भेट्न मातातीर्थ पुगेका थिए। अध्यक्ष राउतले पीडितहरुको लागि बस्ने, खाने व्यवस्थामा सहयोग गर्ने बताएका छन्। साथै उनले पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे।

Metro Mart
worldlink

सरकारले अविलम्ब समस्याको‌ समाधान नगरे आफ्नो पार्टीले यसमा आवाज उठाउने उनले बताए। महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका हुन्।

सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् । 

प्रकाशित: Mar 27, 2023| 18:33 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्