सोमबार, वैशाख २९, २०८२

परिवारसहित चिडियाखाना पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण गरेका छन्। उनी छोरीहरु रेणु र गंगा दाहालका साथै सचिवालयका सदस्यहरूसहित त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए। चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति पनि प्रधानमन्त्री दाहालले खुसी प्रकट गरे।

अवलोकनका क्रममा उनले बाघ र गैंडा धेरै मन पर्ने उल्लेख गर्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए। चिडियाखानामा राखिएका हरेक वन्यजन्तुको बारेमा पनि उनले सोधेका थिए। चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा छन्।

कर्मचारीहरुले प्रधानमन्त्रीलाई चिडियाखाना सानो भएको र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिएका थिए। जवाफमा प्रधानमन्त्री दाहालले यसबारे आफूले बुझ्ने र थप जानकारीका लागि कार्यालयमा बोलाउने आश्वासन दिए।

प्रकाशित: Mar 27, 2023| 17:56 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्