धनुषा- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन्।
ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।