बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाईसँग नयाँ वर्ष २०८०'  योजना

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाईसँग नयाँ वर्ष २०८०'  योजना

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकमाझ ल्याएको छ। यो ग्राहकमुखी योजना यही चैत १३, २०७९ देखि सुरु भएको छ ।

यस योजना अन्तर्गत ग्राहकले ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २,००,००० सम्मको छुट , नयाँ वर्ष बोनस ८०,००० सम्म र एक्सचेन्ज बोनस ८०,००० सम्म जस्ता आकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन्।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपालभरी१७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।
 

प्रकाशित: Mar 27, 2023| 20:00 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्