बुधबार, वैशाख १७, २०८२

पायोनियर मोटो कर्पले ल्यायो निसान सुरक्षा प्याकेज

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि निसान सुरक्षा प्याकेज प्रस्तुत गरेको छ, जुन निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर सेल्स सेवा हो।

यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ। यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने तरिकालाई पनि अवलम्बन गरेको छ।

पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस र प्राविधिक ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गरिएको बताएको छ। यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँडिएको छ।

सिल्भर प्याकेजमा निशुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन्।

दुवै प्याकेजमा निशुल्क २४ घण्टे रोड साइड असिस्टेन्स पनि समावेश छ, जसले ग्राहकहरुलाई आपतकालीन समयमा मद्दत गर्दछ। यसका साथै बडी पार्टस् र शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ। यो सेवा नेपाल अधिराज्य भरी रहेका निसानका सम्पूर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध छ।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 27, 2023| 19:30 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्