काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९ सय ६ बिन्दुमा पुगेको छ। हिजो २६.८५ अंकले घटेको बजार आज भने बढेको हो।
आज विभिन्न कम्पनीका ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा आज सुपर माई हाइड्रोपावर कम्पनी सकारात्मक सर्किटका साथ सर्वाधिक नाफा कमाउनेको शीर्ष स्थानमा रह्यो। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
आज १३ वटा समूहमध्ये माइक्रोफाइनान्स समूहबाहेक सबैको सेयर मूल्य बढेको छ।