बुधबार, वैशाख १७, २०८२

तीन महिने कामबाट सन्तुष्ट भएनन् मन्त्री नारायणकाजी

मन्त्रालय जिम्मा लिएको ९० दिने अवधिमा काममा प्रगति भए पनि पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उपप्रधानमन्त्री नारायणकाजीको स्वीकारोक्ति।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

\काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय सम्हालेको तीन महिने अवधिमा भएका ३० वटा कामको सूची सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नारायणकाजीले ९० दिने कामको फेहरिस्त सार्वजनिक गरेका हुन्।

कामलाई गुणात्मक रुपमा अघि बढाउन मन्त्रालय सम्हालेदेखि नै पहल गर्दै आएको उनले दाबी गरे। सामूहिक निर्णयाभ्यासलाई बलियो बनाएर काम गरेकै कारण नतिजा निस्कन थालेको श्रेष्ठको भनाइ छ। मन्त्री श्रेष्ठले भने, ‘यो अवधिमा काममा प्रगति भएको छ। आश गर्ने ठाउँ छन् तर पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने अवस्था भने छैन।’

नीतिगत सुधारका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम गरिरहेको उनले जानकारी दिए।यो अवधिमा राज्यका विभिन्न अंगको समन्वयबाट विकास निर्माणले गति लिने संकेत देखिएको उनले बताए। 

नेपाली अक्षरमा लेखिँदै इम्बोस्ड नम्बर प्लेट

सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको श्रेष्ठले जानकारी दिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा यो काम थालिएको दाबी गरे।

Metro Mart
worldlink

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर सरकारी तह र नागरिक स्तरबाट धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर बहस र माग हुँदै आएको छ। सुरुमा त्यसबारे प्रक्रिया अघि बढे पनि अंग्रेजीमै छ। तर  मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अगाडि बढाएको छ। त्यसका लागि सम्बन्धित एजेन्सीसँग छलफलको प्रक्रियामा छौं।’

प्रकाशित: Mar 27, 2023| 15:22 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्