सोमबार, वैशाख २९, २०८२

मेयर बालेनविरुद्ध प्रदर्शनमा उत्रिए सुकुमबासी

नदी किनारमा बसेका भूमिहीनलाई नहटाई जग्गाधनीपुर्जा दिनुको साटो उठीबास लगाउन थालेको सुकुमबासीको आरोप।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– ११ चैतमा काठमाडौं महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा अवैध रुपमा घरटहरा बनाएर सरकारी जग्गा रजाइँ गरिरहेकाहरूलाई सात दिनभित्र अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि सुकुमबासीले पुनः मेयर बालेन साहविरुद्ध प्रदर्शन थालेका छन्।

सोमबार कानुनविपरीत सुकुमबासीलाई उठीबास लगाउन नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध  नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो।

नदी किनारमा घरटहरा बनाएर कुनै गल्ती नगरेको अवस्थामा आफूहरूलाई उठीबास लगाउन मेयर साहले पुनः सात दिने सूचना टाँसेपछि त्यसको विरोधस्वरुप प्रदर्शनमा उत्रिनुपरेको मोर्चाका अध्यक्ष कुमार कार्कीले बताए।

नदी किनारमा बसेका भूमिहीन सुकुमबासीलाई जग्गाधनीपुर्जा दिनुको साटो उठीबास लगाउने प्रयास काठमाडौं महानगर र मेयर साहले गरिरहेको उनले आरोप लगाए। 

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्तालाई रिहा गर्न, उनीहरूमाथि लगाइएका सबै मुद्दा खारेज गर्नुपर्ने मागसहितको ब्यानरमा सुकुमबासीले मेयर साहविरुद्ध नाराबाजी गरेका थिए।

Metro Mart
worldlink

महानगरले गत शनिबार सूचना जारी गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको थियो।

पटक–पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुलिने महानगरको सूचनामा उल्लेख छ।

प्रकाशित: Mar 27, 2023| 13:19 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्