सोमबार, वैशाख २९, २०८२

सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको हो।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको हो।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो। यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो। सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ।

प्रकाशित: Mar 27, 2023| 13:04 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्