काठमाडौं- नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले चार जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेका हुन्। कुँवर बढुवा समितिका सदस्य सचिव हुन्।
पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा सुदिप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङ बढुवाका लागि सिफारिस भएका छन्। आइजिपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीमा बढुवा सिफारिस गरिएको हो।
नवनियुक्त आइजिपी कुँवरले आइतबारमात्रै दर्ज्यानी चिन्ह पाएका हुन्।