शुक्रबार, साउन ३, २०८२

कलंकी मालपोत नजिकै नवजात शिशुको शव फेला

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौँको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Mar 27, 2023| 07:03 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्