सोमबार, वैशाख २९, २०८२

पश्चिमी वायुले वर्षाको सम्भावना

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौँ- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी भोलि मंगलबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Mar 27, 2023| 06:02 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्