सोमबार, वैशाख २९, २०८२

मौसम चेतावनी- चट्याङ र हावाहुरीबाट बच्नुहोस्

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले २४ घण्टाका लागि चेतावनी जारी गरेको छ। आइतबार साँझ ६ बजे महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का  लागि चेतावनी  तथा  परामर्श जारी गरेको हो। 

चेतावनीमा भनिएको छ– कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

यस्तै भोलि सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार सोमबार राति कोशी र गण्डकी  प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा  मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Metro Mart
worldlink

प्रकाशित: Mar 26, 2023| 20:09 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्