बिहीबार, वैशाख १८, २०८२

नेपाल लाइफले ल्यायो जीवन बिमा योजना

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।

कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त बिमा योजनाको सार्वजनिक गरेका छन्।

आफू तथा आफ्नो परिवारलले आर्थिक संकटको सामना कहिल्यै गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसात गर्दै एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो। 
 

प्रकाशित: Mar 26, 2023| 19:30 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्