सोमबार, वैशाख २९, २०८२

चितवनका आठ बालबालिकामा क्षयरोग संक्रमण

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

चितवन- जिल्लामा आठ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन्।

स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्कमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक/एक र इच्छाकामना गाउँपालिकामा एक जना छन्। चौध वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए।

दुवाडीले बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए। सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन्। बालबालिकामा स्वासप्रश्वास र जुठो खाँदा क्षयरोगको सङ्क्रमण सर्ने उनको भनाइ छ। दुवाडीले भने, “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि सर्ने गरेको छ।”

विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गरेको छ। गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको सङ्क्रमण देखिएको थियो। तीमध्ये ३१ बालबालिका थिए। आर्थिव वर्ष २०७७/७८ मा सङ्क्रमितको सङ्ख्या आठ सय ९३ मध्ये १८ जना सङ्क्रमित बालबालिका थिए।

दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनुलगायत लक्ष्यण देखिए क्षयरोग भएको हुनसक्ने दवाडीले बताए। यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ। स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवान गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ।

Metro Mart
worldlink

प्रकाशित: Mar 26, 2023| 17:10 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्